बिज्ञान-प्रबिधि

फेसबुकमा मानसिक अवस्थाको संकेत

व्यक्तिको फेसबुक प्रोफाइलले उसको मानसिक समस्या पहिचान गर्न सक्ने देखिएको छ। युनिभर्सिटी अफ मिसौरीले सामाजिक सञ्जालबारे गरेको अध्ययनले यस्तो निष्कर्ष बाहिर ल्याएको हो। मनोविज्ञ डा. एलिजाबेथ मार्टिनले गरेको अध्ययनअनुसार फेसबुक प्रोफाइललाई मानसिक रोगीको अवस्था बुझ्न प्रयोगमा ल्याउन सकिन्छ।

थारूवान

एजेन्सी- सामाखुशीका युवा राजीव शाक्य गुगल सर्चमा सक्रिय छन्। छाती दुखेको उनको समस्याको कारण पहिचानका लागि उनी सर्च इन्जिनमा छिरेका छन्। चेस्ट पेनदेखि आफ्नो दुखाइलाई गुगलसामु पस्किँदै उनले समस्याको कारण पहिचान गरिरहेका छन्। ‘उपचार गर्ने आधार फेला पर्नसक्छ,’ उनले मुस्काउँदै सुनाए, ‘यहीँबाट जानकारी पाउने हो भने किन अस्पताल धाइरहने?...

थारूवान

धनकुटा- लोकप्रिय सामाजिक सञ्जाल फेसबुक प्रयोग नगर्ने इन्टरनेट प्रयोगकर्ता कमै होलान् तर यही जालोको नाम लिएर चिनजानै भएको अपरिचित व्यक्तिले अप्ठयारोमा पारेको घटना बढिरहेका छन्। धनकुटाका हेमकर्ण कोइराला त्यसको पछिल्लो पात्र हुन्। चार वर्षअघि वैदेशिक रोजगारमा कतार गएका मौनाबुधुक गाविस- ८ धनकुटाका हेमकर्ण अहिले फेसबुककै कारण सामाजिक फन्दामा परेका हुन्।

थारूवान

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आइतबारदेखि सामाजिक सञ्जाल ट्वीटरमा प्रवेश गरेका छन्। उनले ट्विटरमार्फत् युवापुस्तासँग प्रत्यक्ष सम्वादसमेत थाल्नेछन्। तपाइँलाई लागेको कुरा अब सिधै प्रधानमन्त्री बाबुराम भट्टराईलाई @brb_laaldhwoj मा मेन्सन गर्न सक्नुहन्छ। प्रधानमन्त्रीको ट्विटर प्रोफाइलमा अंग्रेजीमा लेखिएको छ- ‘मेरा देशवासीहरु, विशेषरुपले युवा साथीहरु, हाम्रो महान देशबारे आशावादी रहौं।

थारूवान

एजेन्सी- जापानी मोबाइल कम्पनी फुजित्सुले एफ सिरिजको मोडल उहिल्यै सार्वजनिक गरेको हो। समयक्रमसँगै ती मोडलभन्दा नयाँ र आधुनिक सेट बजारमा आइसके। अझ अहिले त स्मार्टफोनको जमाना छ। यस्तो बेलामा पनि जापानमा त्यो पुरानो फ्िलप गर्न मिल्ने मोडल अचम्म लाग्ने गरी लोकप्रिय छ। धोकेबाजहरुलाई नभई नहुने सुविधा भएकोले उक्त मोडल...

थारूवान

एजेन्सी- पोर्न साइटहरू कसले बढी हेर्छन्? कुन ठाउँमा बढी हेर्छन्? नेपालमा यसबारे तथ्यांक पाउन गाह्रो छ। तर, अमेरिकामा भने पोर्नहब नामको साइटले आफ्नो साइटका पोर्न भिडियोहरू कुन ठाउँबाट बढी हेरिन्छ भन्ने तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार गत वर्ष अनलाइनमा सबैभन्दा बढी पोर्न भिडियो हेर्नेहरू राजधानी वासिङ्टन डिसीमा रहेछन्। 

थारूवान

एजेन्सी- सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले छिट्टै नयाँ म्यासेन्जर एप्स सञ्चालनमा ल्याउने भएको छ। फेसबुक प्रयोगकर्ताले यो एप्सबाट आफ्ना साथीहरूसँग निःशुल्क कुराकानी गर्न सक्नेछन्। यो फिचरको सुविधा अहिले क्यानडामा रहेका स्मार्टफोन प्रयोगकर्ताहरूले प्रयोग गर्न थालिसकेका छन्। यसको अन्तिम अपडेट पूरा भइनसकेकाले अन्यत्र यो सुविधा उपलब्ध गराइएको छैन। सफल परीक्षणपछि प्रयोगमा आउने...

थारूवान

काठमाडौ- देश विभिन्न कलेज तथा विश्वविद्यालयमा सूचना तथा प्रविधि विषय अध्ययन गरिरहेका विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘राष्ट्रव्यापी वेबसाइट प्रतिस्पर्धा’ आजदेखि सुरु भएको छ। कम्प्युटर एसोसियसन अफ नेपाल(क्यान) र शस्त्र क्रियसन्सको संयुक्त आयोजनामा पहिलोपटक राष्ट्रव्यापीरुपमा वेबसाइट निर्माण प्रतिसपर्धा सुरु भएको आज यहाँ आयोजित कार्यक्रमा जानकारी दिइएको हो।

थारूवान

सन् २०१२ ले यसै साता हामीबाट बिदा लिँदै छ। यो वर्षले मानिसहरूलाई सामान्य टच स्त्रि्कन मोबाइलमा चित्त बुझाउने समयलाई तोड्यो। ग्याजेट्सका लागि सन् २०१२ महत्वपूर्ण वर्ष रह्यो। नयाँ सिर्जनशीलताका आधारमा र विस्तारित बजारका आधारमा। सामान्यीकरण गर्ने हो भने यो वर्ष टचस्त्रि्कनमा क्रान्ति र ट्याब्लेट पिसीले प्रविधि बजार पिट्यो। यो...

थारूवान

एजेन्सी- गुगलले मोबाइल विज्ञापनमा क्रान्तिको सुरुवात गरेको छ। अमेरिकाले आगामी वर्ष ४ अर्ब डलर बराबरको कारोबार गर्ने प्रक्षेपण सार्वजनिक गरिएको छ। त्यस्तै सामाजिक सञ्जाल फेसबुकले पनि आफ्नो विज्ञापन दोब्बर गर्ने अनुमान गरिएको छ। अनुसन्धान गर्ने संस्था इमाकर्ेेटरले गरेको अनुसन्धानले यस्तो तथ्य बाहिर ल्याएको हो। 

थारूवान