देश
भारत भ्रमण सफल र परिणाममुखी : प्रधानमन्त्री प्रचण्ड
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीलाई भ्रमणको उपब्धिका विषयमा जानकारी दिँदै विगतका भ्रमणभन्दा फरक, परिणाममुखी र भविष्यका लागि मार्गदर्शक बनेको बताए। ‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता...
थारुवान संबाददातासर्वप्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको प्रतिनिधि मण्डललाई भारतमा हार्दिक स्वागत गर्न चाहन्छु। मलाई याद छ, ९ वर्षअघि सन् २०१४ मा कार्यभार सम्हालेको तीन महिनाभित्र नेपालको पहिलो भ्रमण गरेको थिएँ। त्यतिबेला मैले नेपाल-भारत सम्बन्धका लागि एउटा ‘हिट फर्मुला (एचआईटी)’ दिएको थिएँ। हाइवेज, आइवेज र ट्रान्सवेज।
प्रधानमन्त्री नरेन्द्र मोदीप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय एयरलाइन्स कम्पनीलाई भैरहवा र पोखरामा उडान गर्न आह्वान गरेका छन्। नयाँ दिल्लीमा नेपाल र भारतका व्यापारीहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा र पोखरामा पूर्वाधार तयार भइसकेकाले भारतका विभिन्न सहरबाट उडान भर्न आह्वान गरे।
थारुवान संबाददाताप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथको चन्दन, प्रसाद र रुद्राक्षको माला उपहार दिने भएका छन्। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्रीले आज समकक्षी मोदीलाई भेट्ने कार्यक्रम छ। त्यसक्रममा उनले पशुपतिको मूल मूर्ति (पञ्चमुखी)मा अर्पण गरिएको नेत्र, रुद्राक्षको माला, फूल र नैवेद्य उपहार दिनेछन्।
थारुवान संबाददाताप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता भएको छ। चार दिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र डोभालबीच होटल आइसीटी मौर्यामा भेटवार्ता भएको हो। सोही क्रममा भारतीय विदेश सचिव विनय मोहन क्वात्राले समेत प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन्। उनीहरूबीच नेपाल-भारतको द्विपक्षीय...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश