समाचार

सांसद दिपेश थारु र राजापुरका मेयर चौधरीलाई कोरोना संक्रमण

माओवादी केन्द्रका प्रदेश सांसद दीपेश थारु कोरोनाबाट संक्रमित भएका छन्। एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ। त्यस्तै राजापुर नगरपालिकाका मेयर शिवप्रसाद चौधरी पनि कोरोनाबाट संक्रमित भएका छन्।

थारुवान संबाददाता

थारु आयोगले यस वर्ष स्मारिका प्रकाशन गर्ने भएको छ। थारु समुदायको समग्र स्थिति र थारु समुदायको भाषा, लिपि, सँस्कृति, इतिहास, परम्परा, साहित्य, कला, ज्ञान, सीप, प्रविधिलगायत राजनीतिक, समाजिक, आर्थिक र साँस्कृति विषयवस्तुका लेख रचनाहरु आह्वान गरिएको छ।

थारुवान संबाददाता

नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशन अन्तर्गत दाङमा भएको पालिका स्तरीय अधिवेशनमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरिएको छ । मगंलबार एकै पटक देशभर सुरु एमाले पालिका स्तरीय अधिवेशनमा दाङमा आकाङ्क्षीहरू धेरै भए पनि राति अबेरसम्म सर्वसम्मत गराएको दाङ जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् ।

थारुवान संबाददाता

कोरोना महामारीका सुरु भएयता नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेको मलेसियाले आंशिकरूपमा यो खुला गरेको छ। मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो।

थारुवान संबाददाता

बाँकेमा राप्ती नदीको पुलबाट हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेका अनुसार, राप्ती सोनारी गाउँपालिका–३ की २० वर्षीया दिपा थारु नदीमा हाम फालेकी हुन् । श्रीमान जोगिराम थारुसँग विवाद भएपछि दीपा रातको २ बजे राप्ती नदीमा हाम फालेर आत्महत्या गरेकी हुन्।

थारुवान संबाददाता

युनिक नेपालको अध्यक्षमा प्रिमबहादुर थारु पुनः निर्वाचित भएका छन्। बर्दियाको राजापुरमा शनिबार सम्पन्न १२औं महाधिवेशनबाट उनी पुनः निर्वाचित भएका हुन्।

थारुवान संबाददाता

नेकपा एमालेको वडा अधिवेशनअन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-६ मा १९ वर्षीया युवती वडा सचिव बन्न सफल भएकी छन्। एमालेका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन भएकी हुन्।

थारुवान संबाददाता

सहिद दिलिप चौधरीको सम्झानामा स्मृति स्तम्भको अनावरण गरिएको छ। सप्तकोशी नगरपालिकाको वडा ५ स्थित गंगाजलीमा स्मृति स्तम्भको अनावरण गरिएको हो। नेकपा एमालेकी सचेत शान्ता चौधरी र सहिद दिलिप प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले सुयुक्तरुपमा स्मृति स्तम्भको अनावरण गरेका थिए।

थारुवान संबाददाता

अभिनेता वीर चौधरीको छोरा दुर्घटनामा परेका छन्। गत नवमीका दिन मामाघर जाँदै गरेका उनका छोरा लभिश चौधरीलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएको परिवाजनले जनाएका छन्।

थारुवान न्युज

तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका वस्ती डुबानमा परेका छन् । सो क्षेत्रका १२ सय घर र सयौं विघामा लगाइएको धानबाली डुबानमा परेको बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।

थारूवान