समाचार

भतिजाको स्मृतिमा वडाध्यक्ष नेपालु चौधरीद्वारा साढे चार लाखको प्रतीक्षालय निर्माण

नेपाल नेत्रज्योती संघअन्तर्गत सञ्चालित लमही आँखा अस्पताल दाङमा एक वडाध्यक्षले भतिजाको स्मृतिमा प्रतिक्षालय निर्माण गरेका छन्। लमही नगरपालिका-२ का वडाध्यक्ष नेपालु चौधरीले भितजा स्वर्गीय सुशिल चौधरीको स्मृतिमा चार लाख ५० हजार लगानीमा निर्माण गरिदिएका हुन्।

थारुवान/दाङ

दाङको देउखुरी उपत्यकालाई राप्ती उपत्यका भनेर राजपत्रमा प्रकाशित भएपछि थारुहरु विरोधमा उत्रिएका छन्। थारुहरुले मौलिक शब्द डेउखरलाई देउखुरी बनाएर अहिले अहिले देउखुरी उपत्यकालाई राप्ती उपत्यका बनाएर हस्तक्षेप गरेको आरोप लगाएको छ।

थारुवान/काठमाडौं

घर नजिकैको धानखेत हेर्न निस्केकी ७५ वर्षीया वृद्धा पछिल्लो ११ दिनदेखि बेपत्ता भएकी छन् । १२ असोजको बिहान करिब साढे ७ बजेतिर घर नजिकैको खेत हेर्न जान्छु भन्दै निस्किएकी सिरहाको लहान नगरपालिका १५ ढोढना बानो गाउँकी ७५ वर्षीया सितलीदेवी थरुनी पछिल्लो ११ दिनदेखि बेपत्ता भएकी हुन् । ‘आफन्त, गाउँघर...

थारुवान/सिरहा

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेशका नाम जात, भाषाको पहिचानमा आधारमा नराखिएको भन्दै टिप्पणी गरेका छन्। उनले ट्वीटमार्फत प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने? भन्दै प्रश्न गरेका छन्।

थारुवान/काठमाडौं

कोरोनाबाट संक्रमित भएपछि नेकपाकी सचेतक शान्ता चौधरी वीर अस्पतालमा आइसोलेसन बसेकी छन्। उनी डाक्‍टरको सल्लाहअनुसार अस्पतालमा आइसोलेसन बसेकी हुन्।

थारुवान/काठमाडौं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले रुपन्देहीमा विकासको गतिलाई राजधानी हुने र नहुने विषयले रोक्न नसक्ने बताएका छन्। राजधानीसँगै रुपन्देहीको विकासको संरचना, अन्तर्राष्ट्रिय विमानस्थल, भालुबाङ आए पो चित्त दुखाउन जायज हुने भन्दै उनले रुपन्देहीबासीलाई आश्वासन दिएका छन्।

थारुवान/दाङ

प्रदेश ५ को प्रदेशसभामा राजधानीको प्रस्तावमा भएको मतदानमा पार्टीले जारी गरेको ह्वीपलाई बेवास्ता गर्दै कांग्रेस सांसद डिल्ली बहादुर चौधरी पक्षमा मतदान गरेका छन्। मंगलबार बुटवलस्थित प्रदेशसभामा भएको मतदानमा उनीसहित ५ जनाले राजधानी दाङलाई बनाउने प्रस्तावमा मत खसालेका थिए।

थारुवान/बुटवल

प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ। विशेषगरी प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ।

थारुवान/बुटवल

काठमाडौं- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका रुपमा प्रस्ताव गरिएको देउखुरी क्षेत्रले प्रदेशकै साझा मनोविज्ञको प्रतिनिधित्व गर्ने बताएका छन्। सरकारले प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि मतदान हुनुअघि प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन्।

थारुवान/बुटवल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको हो। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन्।

थारुवान/काठमाडौं