थारू समाचार

विशेष अदालतले माग्यो गच्छदारसँग १० लाख धरौटी

बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।

थारूवान

गायक संजय चौधरीले थारु पोएट्री एन्ड टेल्स अफ थारु सेरिज अर्थात् थारु कविता र कथा शृंखलाको सुरुवात गरेका छन्। उनले आफ्नो युट्युब च्यानल संजय चौधरीमार्फत् भर्चुअल शृंखलाको सुरुवात गरेका हुन्।

थारूवान

नेकपा एमालेले अधिवेशनको तयारीस्वरूप कैलालीमा रिक्त रहेका स्थानीय तहमा पदाधिकारी चयन भएका छन्। कैलालीमा भदौ ५ गते वडा अधिवेशन, १५ गते स्थानीय तह, ३० गते जिल्ला र असोज २३ मा प्रदेश अधिवेशनको मिति तय गरिएको छ।

थारूवान

नेपाल प्रहरीको जनपद समूहको प्रहरी सहायक निरीक्षक (असई) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। बिहीबार प्रकाशित नतिजामा पाँच सय १३ जनाले उत्तीर्ण भएका छन्। उत्तीर्ण भएकामध्ये खुला तथा आदिवासी जनजाति कोटाबाट १४ जना थारुहरुले नाम निकाल्न सफल भएका छन्।

थारुवान संबाददाता

नेकपा एमाले प्रदेश २ ले बाँकी तीन जिल्लामा अध्यक्ष र सचिव मनोनित गरिएको छ । प्रदेश अध्यक्ष ज्वालाकुमारी साहले रौतहट, बारा र सर्लाहीका अध्यक्ष र सचिव मनोनित गरेको जानकारी गराएकी छन् । उनका अनुसार बारा, रौतहट र सर्लाहीको अध्यक्षमा क्रमशः बलबीर चौधरी, तुलसी राज गिरी र राजनारायण साह मनोनित...

थारूवान

नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। माओवादी केन्द्र छाडेर एमाले गएका रामबहादुर थापा ‘बादल’ समूहले निवेदन दिएको हो। माओवादी केन्द्रले दलको हैसियत गुमाइसकेको भन्दै निर्वाचन आयोगमा रिट परेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

थारुवान संबाददाता

नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशनको तीव्र तयारीमा जुटेको छ। भदौ १६ देखि १९ सम्म हुने महाधिवेशनका लागि पार्टीको वडादेखि केन्द्रीय तहसम्मको कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरिसकेको छ।

थारूवान

जिल्लाको टीकापुर नगरपालिकाको नवौं नगरसभा आज फेरि पनि स्थगित भएको छ। वडा विभाजनको प्रस्तावमा नागरिकस्तरबाट तीब्र असन्तुष्टी भएपछि नगरसभा स्थगित हुँदै आएको छ। शनिबार हुने भनिएको नगरसभा असार २५ गते १ बजेसम्मका लागि स्थगित भएको प्रवक्ता दीर्घ ठकुल्लाले जानकारी दिए।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने परिस्थिति आउने भन्दै तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्। बालुवाटारमा शुक्रबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विरुद्ध अरु मोर्चा बनाएर लागेकाले आफूहरु पनि तयारी अबस्थामा बस्नुपर्ने बताए।

थारुवान संबाददाता

नेपाल भलिबल संघले एसियन गेम्सका लागि बन्द प्रशिक्षणमा रहेका २७ बाट १८ खेलाडीलाई छनोट गरेको छ। नौ खेलाडीलाई बाहिर राख्दै संघले १८ जनालाई छनोट गरेको हो। अब संघले अन्तिम १८ बाट १४ जनालाई टिममा स्थान दिनेछ।

थारुवान संबाददाता