थारू समाचार

दाङकी संगीता चौधरीको शव रुपन्देहीमा फेला

दाङको लमही नगरपाकिला-७ की ४५ वर्षीया संगीता चौधरीको शव रुपन्देहीको सियारीमा फेला परेको छ । सियारी गाउँपालिका–२ भगदरीमा सडक किनारमा परालले ढोकेको अवस्थामा संगीताको शव फेला परेको प्रहरीले जनाएको छ । टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेर परालले ढोकेर राखेको देखिएकाले हत्या नै गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी...

थारूवान

नागरिक उन्मुक्ति पार्टीले चौथो स्थापना दिवस मनाएको छ। पार्टीका संरक्षक रेशम चौधरीले टीकापुरस्थित पार्टी कार्यालयमा केक काटेर स्थापना दिवस मनाएका हुन्। समारोहमा प्रदेश मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि र नेता-कार्यकर्ता उपस्थित थिए। समारोहमा संरक्षक चौधरीले संक्षिप्त सम्बोधन गरेका थिए। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भने विज्ञप्तिमार्फत स्थापना दिवस मनाइन्। उनले...

थारूवान

लामो समयसम्म महाधिवेशन गर्न नसकेका कांग्रेसका दश भ्रातृसंस्थाको चैत मसान्तपछि म्याद थप नहुने भएको छ। बिहीबार सानेपामा कांग्रेसका पदाधिकारी र भ्रातृसंस्थाका निर्देशक समिति संयोजकबिच तयारीका विषयमा कांग्रेसले छलफल गरेको थियो। पटक-पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेपछि चैत मसान्तभित्रै जसरी पनि गर्न निर्देशन दिइएको छ। बैठकमा सभापति शेरबहादुर देउवा,...

थारूवान

प्रतीक्षा रिजाल/अनलाइनखबरबाट बर्दियाका २४ वर्षीय विकास थारु जन्मजात दृष्टिविहिन हुन् । छालाको आँखाले उनी देख्दैनन् तर, मनको आँखामा उनी सपना देखिरहन्छन् । संगीतमा सफल बन्ने र नाम कमाउने उनको सपना हो । गायन यात्रामा अघि बढ्न उनलाई परिवारको कमजोर आर्थिक स्थितीले रोेकेन । गाउनमा उनी अब्बल छन् । सुमधुर...

थारूवान

२१ वर्ष पहिले एक व्यक्तिको हत्या भएको घटनामा आरोपितमध्य दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बर्दियाको साविक मानपुर टपरा गाविस वडा नं. ७ र हालको राजपुर नगरपालिका-८ सडवा गाउँका २८ वर्षीय बाधुराम भनिने बन्धु थारुको २१ वर्ष पहिला हत्या भएको थियो। हत्या गरिएका थारुको आफ्नै औषधि...

थारूवान

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले भाषा विधेयकमा देखिएका त्रुटिहरूलाई सचियाएर सदनमा पेस गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा ललितपुरले मधेस प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार गरेको मधेस प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धी परामर्श गोष्ठीमा सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरे। उनले...

थारूवान

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धानतर्फ निर्देशक नियुक्त भएका छन्। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको प्रतिष्ठानमा बुधबार प्रशिक्षणतर्फ निर्देशकमा कास्कीका कृष्णप्रसाद पौडेल र अनुसन्धानतर्फ निर्देशकमा चितवनका डा. सञ्जय महतो थारू नियुक्त भएका हुन्। प्रतिष्ठान प्रमुख उपसभापति खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरोध गरेको छ। नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी नेकपा एमालेकी सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ र उच्च सरकारी वकिलको कार्यालय पाटनले शर्माविरुद्ध मुद्दा नचलाउने...

थारूवान

नाबालिगलाई घरेलु कामदार (कमलरी) बनाएको आरोप लागेकी एमाले सांसद रेखाकुमारी शर्माविरूद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लुम्बिनी प्रदेशकी सांसद शर्मालाई मुद्दा नचलाउने निर्णय गरेको हो। माघ १८ गते जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालले मुद्दा नचल्ने निर्णय गरेका हुन्। सोही आधारमा २० गते...

थारूवान

काठमाडौंको ठमेलमा दुई प्रहरी कुटिएका छन्। विद्यार्थी नेताहरूबाट उनीहरू कुटिएका हुन्। कुटाइ खानेमा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट छन्। उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरू सवार मोटरसाइकल लडाउँदै विद्यार्थी नेताहरूले कुटपिट गरेका थिए। उनीहरूको लौरोसमेत फालिदिएका थिए। ठमेलमा ड्युटी खटिएका उनीहरूमाथि आक्रमण...

थारूवान
1 60 61 62 63 64 245