अर्थ
राष्ट्रपतिबाट चितवन महोत्सव उद्घाटन
चितवन- राष्ट्रपति डा रामवरण यादवले चितवन महोत्सव २०६९ एवम् मध्यमाञ्चल औद्योगिक तथा व्यापार मेला २०६९ को आज नारायणी नदी किनारमा उद्घाटन गर्नुभएको छ। उद्योग वाणिज्य सङ्घ, जिविस, भरतपुर नगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य सङ्घले संयुक्तरुपमा आयोजना गरेको महोत्सवमा उहाँले राजनीतिक दलहरूलाई नैतिकताको राजनीति गर्न आग्रह गर्नुभयो। चितवनमा...
थारूवानमुकेश टेंर्रा, कैलाली- कैलालीको उर्मा–८ भादामा थारु होम स्टे महोत्सव आज सुरु हुँदैछ। पर्यटन प्रबर्द्धन गर्ने मुल उद्देश्यका साथ हरेक वर्ष अंग्रेजी नयाँ वर्षदेखि आयोजना हुने महोत्सव आज भादा शुरु भइरहेको हो। यसवर्षदेखि पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमो सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक भादा गाउँ पर्यटन विकास तथा व्यवस्थापन...
थारूवानकाठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका दिगम्बर झाको नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। झाको नियुक्ति गैरकानुनी भन्दै परेको रिटमाथि सर्वोच्चले सोमबार सो फैसला सुनाएको हो। नियमविपरीत मन्त्रिपरिषद्ले झालाई सिफारिस गरेको भन्दै जिएमका दाबेदार विश्वनाथ गोयल र जगन्ननाथ मिश्रले छुट्टा छुट्टै रिट दायर गरेका थिए।
थारूवानकाठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा केही थपघट गरी अन्तर्राष्ट्रिय मूल्यसँग समायोजन गरेको छ। निगमको शुक्रबार राति बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई मूल्य घटाएको छ भने मट्टितेल र डिजेलमा प्रतिलिटर रु दुई मूल्य बढाएको निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले जानकारी दिए।
थारूवानत्रिशुली- माघेसङ्क्रान्तिमा जुधाइने गोरु छनोटका लागि भन्दै आइतबार तारुकामा गोरु सम्मेलन भएको छ। सम्मेलनमा किसानले ३८ वटा गोरु ल्याएर प्रदर्शन गरे पनि गोरुको अन्तिम छनोट भने हुन सकेन। गोरुको क्षमता, लडाकुपन र जोस हेर्नका लागि जुधाउनुपर्ने भएकाले गोरु हेरेर मात्र छनोट गर्न नसकिएको माघेसङ्क्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज...
थारूवानचौतारा- नेपाल चीनको सीमानाका मितेरी पुलको प्रवेशद्वारमा आज बिहान प्रहरीले तीन केजी सुन बेवारिसे अवस्थामा फेला पारेको छ। सशस्त्र प्रहरीको भन्सार चेकपोष्टले उक्त सुन बेवारिसे अवस्थामा बिहान ११ बजे बेवारिसे अवस्थामा फेला पारेको हो। बरामद गरिएको सुन तातोपानी भन्सार कार्यालयमा आजै बुझाइएको प्रहरीले जनाएको छ।
थारूवानसप्तरी- नेपाल सरकारको अनुदानमा सप्तरी उद्योग वाणिज्य सङ्घले सप्तरीमा चालु आव २०६९/०७० देखि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम लागु गरेको छ। सो कार्यक्रमअन्तर्गत सप्तरीमा आँपको व्यावसायिक खेतमा जोड दिँदै आँपको उत्पादनमा वृद्धि गरिने उद्देश्य लिइएको छ। सरकारले आव २०६३/०६४ को बजेट वक्तव्यमार्फत नै नेपालमा ‘एक गाउँ एक उत्पादन’ घोषणा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश