सलिमा

प्रियंका र आर्यन भन्दैछन्- ‘तिम्रो मेरो मिलनको आयो हेर होली रे’

हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर फिल्म बटरफ्लाईको गीत सार्वजनिक गरिएको छ। चितवनको सौरहामा खिचिएको गीतमा रंगको भरपुर प्रयोग गरिएको छ। ‘तिम्रो मेरो मिलनको आयो हेर होली रे’ बोलको गीतमा नेपाली सिनेमाका चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारीले अभिनय गरेका छन्।

थारूवान

चर्चित थारु गीत लेहेँगा मोर हो तुहारको सिक्वेल गीत सार्वजनिक भएको छ। थारु गायक मोहन दहितले उक्त गीत बजारमा ल्याएका छन्। उक्त गीतको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ।

थारूवान

गायक रोशन रत्गैया र समिक्षा चौधरीले ‘ठुन्यांर ठुन्यांर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। चम्पन साँस्कृतिक समूहको ब्यानरमा निर्माण भएको भिडियोमा नबिन दहित र लोसिना लामिछाने अभिनय गरेका छन्।  भिडियोलाई दीपक चौधरी र दीपक ´दीप`ले निर्देशन गरेका हुन्। गीतलाई फिरु चौधरीले शब्द र संगीत भरेका हुन्। 

थारूवान

कमलरी विषयवस्तु रहेको चलचित्र लावाजुुनीको छायाँकन सकिएको छ । फागुन २२ देखि सुरु भएको लावाजुनीको छायाङ्कन आज सकिएको लेखक तथा निर्देशक केएल पीडितले जानकारी दिए । केही दृश्यको छायाँकन भने गत वर्ष नै गरिएको कुरा पनि निर्देशक पीडितले जानकारी दिए ।

थारूवान

रौतहट सुपर डान्स प्रतियोगितामा मासुम चौधरी छनौट भएका छन्। उनी टप १५ भित्र पर्न सफल भएका हुन्। उनले आफूलाई जिताउन सबैसँग भोट गरेर सहयोग गरिदिन आग्रह गरेका छन्। उनलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर RSD MSUM टाइप गरेर 34243 मा पठाउपर्ने हुन्छ।

थारूवान

थारु साँस्कृतिक संगीत विकास मञ्चले चौथो वार्षिक साधारण सभा मनाएको छ । राजधानीमा आयोजित कार्यक्रममा साँगीतिक प्रस्तुती देखाइएको थियो । विगत चार वर्षदेखि थारु सँस्कृतिलाई संगीतको माध्यमबाट प्रबद्र्धन गर्दै आएको सो मञ्चले थारु संगीतलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य लिएको अध्यक्ष उपेन्द्र चौधरीले जानकारी दिए ।

थारूवान

आदिवासी जनजाति चलचित्र महासंघले थारु फिल्म निर्माताहरुलाई आ-आफ्नो फिल्मको नामवलाी पठाइदिन आह्वान गरेको छ। पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म विसं २०६५ सालपछि थारु भाषामा निर्माण भएका फिल्महरु सूचीकृतका लागि नाम पठाइदिन आग्रह गरेको हो।

थारूवान

अविनाश चौधरी/धनगढी। एक वर्ष अगाडि कला क्षेत्रमा प्रवेश गर्दा प्रविना दहितलाई लागेको थिएन, यति चाँडै सफलताको शिखर चुमिएला। तर, उनको मनको द्विविधा हटेको छ। छोटो अवधिमै उनी अकल्पनीय उपलब्धी हात पार्न सफल भएकी छन्।

थारूवान

कृष्णराज सर्वहारी। पछिल्लो पटक प्रदर्शन भएको थारू चलचित्र भौंरा हो। भौंरा अर्थात् भमरा यही दशैंको अवसरमा थरूहट क्षेत्रमा ‘प्रिमियिर सो’ देखाइएकामा माघीको अवसरमा हलमा पनि प्रदर्शन भयो। ३–४ असार ०७० मा सुनसरीको झुम्कामा गरिएको प्रथम थारू चलचित्र महोत्सवमा उक्त भाषामा ८५ वटा सिनेमा निर्माण भएको जानकारी दिइएको थियो।

थारूवान

बलिउड फिल्ममेकर संजय लीला भन्सालीलाई करनी सेनाका कार्यकर्ताले कुटपिट गरेका छन्। जयपुरको जयगढमा उनको आगामि फिल्म ‘पद्मावती’लाई लिएर करनी सेनाका कार्यकर्ताले भन्सालीलाई कुटपिट गरेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई थप्पड हान्नुकासाथै उनले पहिरिएको लुगा च्यातिदिएका थिए।

थारूवान
1 18 19 20 21 22 47