देश

तेलको ऋण तिर्न श्रीलंकालाई भारतले दियो ५ सय मिलियन डलर

भारत सरकारले पेट्रोलियम पदार्थ तेलको ऋण तिर्न श्रीलंका सरकारलाई ५ सय मिलियन डलर रकम सहयोग उपलब्ध गराएको छ। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई भारतले बुधबार सो रकम सहयोगस्वरुप ऋण उपलब्ध गराएको हो।

थारुवान संबाददाता

नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले नेपालको प्रगतिको लागि पनि एमसीसी लिनुपर्ने बताएका छन् । उनले नेपाल अहिले टाट पल्टिएको अवस्थामा रहेको उल्लेख गर्दै कसैले दिने सहायता स्विकार गर्नुपर्नेमा जोड दिए ।

थारूवान

नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पक्की मोटरेबल पुल बन्ने भएको छ । पुल बनाउने परियोजनाबारे मंगलबार भारत र नेपालबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले...

थारुवान संबाददाता

सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ। सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका

थारुवान संबाददाता

गुगलले भारतको नम्बर दुई मोबाइल अपरेटर भारती एयरटेलमा १ अर्ब डलर लगानी गर्ने भएको छ । करिब एक अर्ब भारतीयहरूलाई स्मार्टफोनमा सस्तो पहुँच प्रदान गर्न र क्लाउड–आधारित कम्प्युटिङको प्रयोगलाई गति दिन साझेदारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

थारुवान संबाददाता

शम्भू कट्टेल। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्न सरकारलाई जति दबाब छ, त्यति नै बढी एमसीसीबारे सहमति जुटाउन गठबन्धन दलहरुलाई सकस। एमसीसी पारित गर्नेबारे गठबन्धनका शीर्ष नेतृत्वबीच आंशिक सहमति भएको छ। तर, गठबन्धनमा आबद्ध दलहरुले एमसीसीबारे पार्टीभित्र भने घनिभुत छलफल गरेका छैनन्। सबैभन्दा बढी नेकपा माओवादी केन्द्रमा...

शम्भू कट्टेल

संसदको बजेट अधिवेशन आज अर्थात सोमबारदेखि सुरु भएको छ। राष्ट्रपति रामनाथ कोविन्दको भाषणबाट शुरु भयो। संसदका दुवै सदनलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट यस अवधिमा सञ्चालित योजनाका बारेमा जानकारी दिए। उनको भाषणमा किसान, महिलादेखि तीन तलाकसम्मका मुद्दाहरू समावेश थिए। राष्ट्रपतिले स्वतन्त्रताका संग्रामीहरूलाई अभिवादन गर्दै सम्बोधनको शुरुवात गरे। त्यसपछि उनले...

थारुवान संबाददाता

भारतले ७३ औ गणतन्त्र दिवसको अवसरमा नेपाललाई ७५ एम्बुलेन्स प्रदान गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।

थारुवान संबाददाता

काठमाडौं स्थित भारतीय राजदूतावासमा बुधवार ७३औं गणतन्त्र दिवस मनाएको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरे।

थारुवान संबाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले चीनको अघोषित नाकाबन्दीले नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको भन्दै कडा आपत्ति जनाएका छन् । मंगलबार थापाले ट्वीटरमार्फत चीनको अघोषित नाकाबन्दी आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।

थारुवान संबाददाता
1 62 63 64 65 66 81