थारू समाचार
थाकस दाङको विज्ञप्तिमा आपत्ति, कमलरी राखेर बालशोषण गर्ने एमाले सांसदको पक्षमा वकालत गरेको आरोप
थारू समुदायमा चर्चाको विषय नबने पनि राष्ट्रिय मिडियामा यतिबेला १४ वर्षीया बालिका उर्मिला चौधरीको चर्चा छ। उनै उर्मिलालाई बालशोषण गरेको भन्दै एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद रेखा शर्माविरुद्ध अदालतमा मुद्दा परेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकै अगुवाई गत जेट १४ गते उर्मिलालाई धुम्बाराहीस्थित सांसद शर्माको घरबाट उद्दार गरिएको...
थारूवानलुम्बिनी प्रदेश सरकाले बडका अट्वारी पर्वका अवसरमा आइतबार तराईका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेशका थारू समुदायको बसोवास रहेका रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र पश्चिम नवलपरासीमा बिदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले सूचना जारी गर्दै भदौ २३ गते आइतबार...
थारूवाननेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुर्याउने काम नगर्न आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै मोदीले मुलुकको परिवर्तनका लागि भएका घटनालाई हिंसा भन्ने नमिल्ने भन्दै हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुर्याउने काम नगर्न आग्रह गरे। कांग्रेसले गरेको सशस्त्र क्रान्ति, झापा...
थारूवानमिस युनिभर्समा थारू समुदायकी एकमात्र प्रतिस्पर्धी रहेकी छिन्, नेहा चौधरी। बारा कलैयाकी नेहा उमेरले २० वर्षकी हुन्। आइटीमा स्नातक गरिरहेकी उनी मिस युनिभर्सको फिनालेमा पुगेकी हुन्। नेहाले सबैभन्दा ठूलो शक्ति आत्मविश्वास, कडा परिश्रम र इच्छाशक्ति रहेको बताएकी छन्। आत्मविश्वास र इच्छाशक्तिले नै आफू मिस युनिभर्सको फिनालेमा पुगेको उनले बताएकी...
थारूवानथारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ द्वारा पुस २७ देखि माघ १० गतेसम्म आयाेजित नवाैं खिचरा महाेत्सवकाे हरहिसाब आज एक कार्यक्रममा सार्वजनिक गरिएकाे छ। हरहिसाब सार्वजनिक गर्दै आर्थिक समितिका संयाेजक जीतबहादुर चाैधरीले महाेत्सवबाट ५२ लाख ९५ हजार ९६९ रूपैयाँ आम्दानी तथा ४९ लाख ५४ हजार ९५२ रूपैयाँ खर्च...
थारूवानपेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो। त्यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ। एलपी...
थारूवाननागरिक उन्मुक्ति पार्टीको कैलाली जिल्ला समितिले पहिचानको आन्दोलन र थरुहट आन्दोलन विषयक अन्तर्रक्रियात्मक कार्यक्रम आयोजना गर्दैछ। भदौ १५ गते शनिबार कैलालीको जोशीपुरस्थित मैनापोखरीमा हुने कार्यक्रमका लागि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई पनि निमन्त्रणा दिइएको छ। पार्टीका जिल्ला अध्यक्ष प्रदीप चौधरीले अध्यक्ष श्रेष्ठलाई प्रमुख अतिथि र रेशमलाई...
थारूवानपूर्वमन्त्री भगवती चौधरीका छोरामाथि विराटनगरमा आक्रमण भएको घटना बाहिर आएको छ। गुन्डागर्दीमा संलग्न समूहले सुनसरीको दुहबी नगरपालिका-२ घर भएका २८ वर्षीय द्रव्यराज चौधरी र २७ वर्षीय बालकृष्ण चौधरीमाथि विराटनगर महानगरपालिका-१० मा आक्रमण गरेको हो। ‘प्लाई’ खरिद गरेको हिसाबकिताब मिलाउन विराटनगर आएका बेला उनीहरूमाथि भदौ १ गते दिउँसोको आक्रमण भएको...
थारूवानकैलालीको जानकी गाउँपालिकाले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा अष्टिम्की चित्रकला प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता भदौ ८ गतेदेखि ११ गतेसम्म चलेको थियो। चार दिन लगाएर उत्कृष्ट चित्र बनाउनेहरूलाई जानकी गाउँपालिकाले सम्मानसमेत गरेको छ। प्रतियोगितामा जानकी गाउँपालिका वडा नं. ४ का जुना चौधरी प्रथम भएकी थिइन्। त्यस्तै जानकी गाउँपालिका वडा नं....
थारूवाननेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत १७ जना पदाधिकारी छानेको छ। उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले निर्वाचन गरेकोमा बुधबार निर्वाचनको सबै परिणाम सार्वजनिक भएको हो। जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भइन्। उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरिन्। उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश