थारू समाचार

१२ वटा परियोजनाका लागि भारतले ४७.४ करोड अनुदान सहायता गर्ने

नेपाल र भारतबीच विभिन्न १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि हस्ताक्षर भएको छ। जसमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्र समावेश छन्। भारत सरकारले करिब ४७.४ करोड अनुदान सहायता गर्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारका परियोजना कार्यान्वयन निकाय र काठमाडौंस्थित भारतीय दूतावासबीच...

थारूवान

कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरीका छोरा १८ वर्षीय अक्षत माझीले चलाएको मोटरसाइकलको ठक्करको ठक्करबाट १ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परेर घाइते भएका झापाको चारआली घर भइ मोरङको बूढीगंगा गाउँपालिका-१ मा बस्दै आएका २४ वर्षीय आकाश मण्डलको बुधबार बिहान मृत्यु भएको हो। मोरङको ग्रामथान गाउँपालिका-४ घर भएका अक्षतले...

थारूवान

तराईका आदिवासी थारू समुदायका महिलाको प्रमुख पर्व जितिया आजदेखि सुरु भएको छ । सन्तानको दीर्घायु, सुख समृद्धिको मनोकामना गर्दै मनाइने यस पर्वमा थारु महिलालगायत अन्य समुदायले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरु गरेका हुन्।

थारूवान

नेपाली कांग्रेसले थारू विभागमा १० सदस्य मनोनयन गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थारू विभागमा १० जनालाई मनोनयन गरेका हुन्। पार्टी विधान‚ २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनयन गरिएको विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। यस विभागको प्रमुखमा केन्द्रीय सदस्य योगेन्द्र चौधरी...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरीबीच ‘भद्र सहमति’ भएको छ। काठमाडौंमा उनीहरूबीच भद्र सहमति भएको हो। पार्टी र पारिवारिक दुवै सम्बन्धलाई सुदृढ बनाउनेगरी उनीहरूबीच सहमति भएको स्रोतले जानकारी दिएको छ। दुईबीचको विवादले उग्र रूप लिँदा पार्टीलाई ठूलो क्षति पुगेको उनीहरूले समीक्षा गरेका थिए। एक...

थारूवान

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा सत्ता पक्षकै सांसदहरूले असन्तुष्टि पोखेका छन्। नेकपा एमालेका सांसद चक्रबहादुर मल्लले त मन्त्रीको खट्टुा छुँदा पनि बजेट नपरेको बताए। ‘हामी निर्वाचन क्षेत्रका जनतालाई विकासका योजना ल्याउने भनेर भोट मागेका हुन्छौं, उनीहरू आशमा बसेका हुन्छन्। मैले बजेटका लागि मन्त्रीलाई अनुरोधमात्रै होइन, खुट्टा समातेको छु,’ मल्लले...

थारूवान

संविधान जारी भएको असोज ३ गते थारूहरूले कालो दिवसको रूपमा मनाउँदै आएको छ। विसं २०७२ मा संविधान जारी भएयता थारू अगुवाहरूले यसको विरोधमा कालो दिवसको रूपमा मनाउँदै आएका छन्। आज पनि काठमाडौंलगायत थारू बाहुल्य क्षेत्रमा संविधानको विरोधमा सभाहरू भए, संविधान जलाइए। तर, थारूहरूले किन आजको दिन कालो दिनका रूपमा...

थारूवान

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। थाकस युएई महिला विभाग प्रमुख जानकी महतोलेले दुबईको अलकुद्रा पार्कमा जितिया कार्यक्रम आयोजना हुने बताइन्। कार्यक्रम राति १० बजे सुरु हुने आयोजकले बताएको छ। ‘थारु, कला, संस्कृति हाम्रो पहिचान, उसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ नारासहित...

थारूवान

थरुहट थारुवान राष्ट्रिय मोर्चाले असोज ३ गते विरोध प्रदर्शन गर्ने भएको छ। मंगलबार काठमाडौंमा बसेको मोर्चा बैठकले ‘असोज ३ कालो दिन’को रूपमा मनाउने निर्णय गरेको माधव थारूले बताए। सो दिन मोर्चाले काठमाडौंको माइतीघर मण्डलामा विरोधसभा आयोजना गर्ने भएको छ। माधव थारूका अनुसार माइतीघर मण्डलामा १२ बजेदेखि विरोधसभा आयोजना हुनेछ।...

थारूवान

थारु जाति र थरुहट क्षेत्रबाट लोप हुँदै गएको शास्त्रीय संगीत जगेर्ना गर्नका लागि पर्साको पटेर्वा सुगौली गाउँपालिकाले अग्रसरता लिएको छ। पालिकाले शास्त्रीय संगीत अध्ययन प्रतिष्ठान नै गठन गरेर शास्त्रीय संगीत सिकाउने कक्षा सुरु गरेको छ। शनिबार एक कार्यक्रमको आयोजना गरी पालिकाले शास्त्रीय संगीत सिकाउने कक्षाको औपचारिक रूपमा सुरुवात गरेको...

थारूवान
1 80 81 82 83 84 247