संघ

रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएको जानकारी आयोगमा

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई अनुशासन समितिले कारबाही गर्ने निर्णय गरेको छ। मंगलबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको एक जना संस्थापक केन्द्रीय सदस्यले बताए। आइतबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष श्रेष्ठ चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। अध्यक्ष श्रेष्ठ चौधरीले स्पष्टीकरण नबुझाएपछि कारबाही गर्ने...

थारूवान

अध्यक्ष रञ्जिता श्रेष्ठले किन शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोक्नुभयो? बास्तोलाजीलाई कार्यवाहक तोकेको जानकारी मैले सामाजिक सञ्जालबाट पाएँ। पार्टी केन्द्रीय समितिको निर्णयबिनै कार्यवाहक तोकेकाले रञ्जिताजीलाई स्पष्टीकरण सोधिएको छ। २१ सदस्यीय संस्थापक केन्द्रीय समितिमा बास्तोलाजी हुनुहुन्न। यस विषयमा रञ्जिताले स्पष्टीकरण दिएपछि थाहा होला। कार्यवाहक तोक्ने अधिकार अध्यक्षलाई विधानले दिएको छैन र?...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका बहुमत संस्थापक सदस्यहरूले अध्यक्ष रञ्जिता श्रेष्ठप्रति खेद प्रकट गर्दै राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। आइतबार बानेश्वरमा बसेको बैठकले अध्यक्ष श्रेष्ठले बैठक बोलाउने निर्णय नगरेर अपमान गरेको निष्कर्ष निकालिएको सहभागी एक नेताले बताए। ‘उहाँ (अध्यक्ष श्रेष्ठ)लाई इमेल, मोबाइल र वाट्सएपमार्फत बैठक बोलाउने विषयमा जानकारी गराए पन...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरा निवासी शिव बास्तोलालाई दिएकी छन्। भ्रष्टाचारसम्बन्धी विवादस्पद अडियो प्रकरणमा मुछिएपछि रेशम चौधरीले पक्षले उनलाई जिम्मेवारीबाट हट्न दबाब दिँदै आएको थियो। शुक्रबारमात्रै अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक बोलाउन २४ घन्टे अल्टिमेटम दिइएको थियो। अध्यक्ष श्रेष्ठले भने स्वास्थ्यको कारण देखाउँदै हालः...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको महासचिवसमेत रहेका गंगाराम चौधरीले केन्द्रीय समिति बैठक बोलाउन मिल्ने बताएका छन्। संसदीय दलको विधान संशोधनका लागि बैठक बोलाइएकाले वादविवाद नगर्न उनले आग्रह गरेका छन्। संरक्षक चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई बैठकबाट नभाग्न पनि आग्रह गरेका छन्। उनले आफूमाथि लागेको आरोपबारे केन्द्रीय समिति बैठकमा...

थारूवान

थरुहट नेता लक्ष्मण थारूले नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठबाट पार्टी नचल्ने उद्घोष गरेका छन्। उनले फेसबुकमा भिडियो सन्देश जारी गर्दै नाउपामा रञ्जिता श्रेष्ठको विकल्प खोजिनुपर्ने बताए। उनले नाउपा संरक्षक रेशम चौधरीलाई समग्र पार्टीको हितका विषयमा कठोर निर्णय गर्न सुझाव दिएको बताए। रञ्जिताकै अध्यक्षतामा २०८४ मा चुनावमा जान...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मिडियामा आफूलाई जोडिएको विषयप्रति आपत्ति जनाएकी छन्। उनले आफू र पार्टीलाई बदनाम गराउन आधारहीन र नियोजितरूपमा चरित्र हत्या गरेको उल्लेख गरेकी छन्। ‘गत असार २९ गते आइतबार सिधाकुराबाट प्रसारण गरिएको समाचारको शीर्षकप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म र मेरो पार्टीसँग सम्बन्धित नभएको...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुण चौधरीको राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीले नै रोकेका छन्। मन्त्री चौधरीले आफूले पाँच दिनअघि नै प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाइसकेको बताएका छन्। ‘मैले पाँच दिनअघि नै राजीनामा दिइसकेको छु। मेरो राजीनामा प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छु। त्यसअघि प्रधानमन्त्रीसँग...

थारूवान

संसदीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको विवादित अडियो प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि मुछिएकी छन्। अडियोमा बोल्ने महिला रञ्जिता नै रहेको भन्दै उनीविरुद्ध टीका टीप्पणी हुन थालेको हो। गत पुस २८ गते अध्यक्ष श्रेष्ठले सुजन लामा नामका व्यक्तिसँग मन्त्री क्वाटर पुगेर ‘७८ लाख रुपैयाँको डील’...

थारूवान

नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यकहरूको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। आफूलाई अहिले पनि टीकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताउँदै उनले तर आफू टीकापुर घटनामा घटनास्थलमै नरहेको...

थारूवान