थारू समाचार
ट्रकको ठक्करबाट लोकबहादुर थारूको मृत्यु
पूर्वी नवलपरासीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार अपराह्न साढे ४ बजे मध्यविन्दु नगरपालिका-७ चोरमारा उकालोमा कावासोतीबाट भैरहवा आउँदै गरेको प्रदेश २-०३-००१ ख ७१६४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ३४ प १२८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार ट्रकको ठक्करबाट मोटरसाइकल...
थारूवानयज्ञप्रसाद सापकोटा राजापुर नगरपालिका वडा नं ६ बिक्रमपुरकी हिराकुमारी थारुलाई अझै पनि आफ्नो श्रीमान् सकुसल फर्किन्छन् जस्तो लाग्छ तर उहाँको सिउँदो पुछियो । २३ वर्ष अगाडि तत्कालीन सुरक्षा फौजले श्रीमान् राजकुमार थारुलाई बाटो देखाइदिन भनेर लगेका थिए । राजकुमारको अवस्था अझै अज्ञात छ तर बाध्यतावश राजकुमारको परिवारले कुशको शव...
थारूवाननेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टीको नीति र नेतृत्वप्रति अनास्था फैलाएको भन्दै प्रदेश कमिटी सदस्य तथा इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकालाल चौधरीलाई पार्टीबाट निष्कासन गरेको छ । हालै सम्पन्न प्रदेश कमिटीको नवौं पूर्ण बैठकले चौधरीलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्दै ६ महिनाका लागि पार्टी सदस्यतासमेत निलम्बन गर्ने निर्णय गरेको हो ।...
थारूवानसुनसरीको इटहरी उपमहानगरपालिका-१२ मा सञ्चालनमा रहेको फार्मेसीबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध बरामद भएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, प्रहरी चौकी खनार तथा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नसिब फार्मेसीमा छापामारी फार्मेसी सञ्चालक र उनकी श्रीमतीलाई पक्राउ गरेको छ। सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार...
थारूवाननिर्वाचन आयोगले संस्थापक सदस्य रामलाल डंगौरालाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष मान्न अस्वीकार गरेको छ। बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित दल विभाजनको निवेदन दिए पनि आयोगले अध्यक्ष मान्न अस्वीकार गरेको नेता ठाकुर सिंह थारूले जानकारी दिए। उनका अनुसार आयोगले नाउपा अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै निरन्तरता दिइएको छ। उनले लोकतन्त्रमा बहुमतको कदर...
थारूवानतीनदिन अघिमात्रै सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गरिएको नेकपा एमालेकी नेतृ शान्ता चौधरीको अचार पसलमा आगलानी भएको छ। आइतबार बिहान करिब ३ बजेको समयमा चौधारीको पसलमा आगलागी भएको प्रहरीले जनाएको छ। शान्ता चौधरी आफैँ आएर तीनदिन अघि शुक्रबार सुर्खेतको वीरेन्द्रनगर–६ सुपरमार्केटमा अचार पसल सञ्चालन गरेकी थिइन्। पसलमा आगलागी भएपछि नेतृ चौधरीले...
थारूवानसुदूरपश्चिम विश्वविद्यालयको विज्ञान संकाय (बिएससी) आठौँ सेमेस्टरमा कैलाली बहुमुखी क्याम्पसका पाँच जना विद्यार्थीले समग्र ४.०० जिपिए ल्याउँदै विश्वविद्यालयभरि नै सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। स्नातक तहको विज्ञान संकाय आठौँ सेमेष्टरको बुधबार प्रकाशित नतिजामा कैलाली बहुमुखी क्याम्पसमा भौतिक शास्त्र (फिजिक्स ग्रुप) बाट विद्यार्थीहरु सुवास गिरी, विनोद साउद, निराजन चौधरी, र...
थारूवानहिमालयको मुटुमा अवस्थित नेपाल र भारतले भौगोलिक सीमा मात्रै होइन, संस्कृति, आस्था र पीढीगत मित्रताको अटुट बन्धन साझा गर्छन्। दशकौँदेखि विकसित हुँदै आएको यो सम्बन्ध दक्षिण एसियाकै सबैभन्दा जीवन्त र परिपक्व साझेदारीका रूपमा स्थापित भइरहेको छ, जहाँ विकास, पर्यटन र खेलकुद कूटनीति निर्णायक स्तम्भ बनेका छन्। ग्रामीण समुदायलाई सशक्त...
थारूवानभारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो भुटान भ्रमणले दुई देशबीचको साझेदारीलाई नयाँ मोडदिने ऐतिहासिक क्षणका रूपमा मानिएको छ। भारत र भुटानबीच आजको व्यापार, लगानी, पूर्वाधार र रणनीतिक सहकार्य पारस्परिक हितमा आधारित, दिगो र परिपक्व साझेदारीमा रूपान्तरित हुँदै गएको छ। भारत–भुटान सम्बन्ध “हृदयदेखि हृदयसम्म”को भावनात्मक आत्मीयतामा आधारित रहे पनि हाल यो...
थारूवानमधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेका छन्। नेपालको संविधानको धारा १८०(घ) बमोजिम प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेका हुन्। पदमुक्त हुनेमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जनता समाजवादी पार्टी नेपालका मनिषकुमार सुमन, संजयकुमार यादव, संहासन सा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश