देश

रास्वपाको वरिष्ठ नेतामा बालेन शाह मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र (बालेन) शाह मनोनीत भएका छन्। बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले शाहलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो। महामन्त्री विपिन कुमार आचार्यका अनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) को बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा...

थारूवान

नेपालमा पाटेबाघको संख्या बढेको छ। पछिल्लो गणनाअनुसार ३५५ वटा रहेको पाटेबाघ २०८२ को सर्वेक्षणअनुसार ७४ वटा वृद्धि भएसँगै यसको संख्या ४२९ वटा पुगेको छ। गत वर्ष पुषको पहिलो सातादेखि सुरु गरिएको बाघ गणनाको अन्तिम नतिजा २९ जुलाई अर्थात् विश्व बाघ दिवसका अवसरमा बुधबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...

थारूवान

सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि नेपाली कांग्रेस सभापति गगन थापाले आपत्ति जनाएका छन्। बुधबार बिहान बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले अहिलेको अवस्थामा सबैलाई एकताबद्ध बनाउने प्रयास आवश्यक रहेको बताए। उनले सरकारलाई अप्ठ्यारोमा पार्ने कांग्रेसको उद्देश्य नभएको स्पष्ट गर्दै सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए।...

थारूवान

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पाटनको गुइत टोलस्थित पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल गुस्तल महाविहार तथा प्रथमश्री महाविहारको मंगलबार संयुक्त रूपमा उद्‍घाटन गरेका छन्। भारत सरकारको आर्थिक सहयोगमा पुनःस्थापित महाविहारको उद्‍घाटनसँगै परम्परागत धार्मिक तथा सांस्कृतिक विधिअनुसार आगम समारोह पनि सम्पन्न गरिएको हो। भारत...

थारूवान

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको औपचारिक निम्तो आएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहलाई औपचारिकरूपमा निम्तो पठाइएको बताए। नयाँ दिल्लीमा आयोजित नियमित प्रेस ब्रिफिङमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको छ।’ प्रधानमन्त्री शाहलाई भारत भ्रमण निम्तो पठाइए...

थारूवान

सर्वोच्च अदालतले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले संघीय संसद्का सदस्यहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयका सम्बन्धमा सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो। सरकारको उक्त निर्णयले राज्य कोषको चरम दुरूपयोग हुने...

थारूवान

नेपालकै पहिलो आधुनिक नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आइतबार बिहान विशेष समारोहबीच उद्घाटन गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरेका हुन्। उद्घाटनपछि मन्त्री लम्साल, जापानी राजदूत तथा जाइकाका अध्यक्षले सुरुङभित्र...

थारूवान

सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजीनामा दिन राजनीतिक दबाब आएको खुलेको छ। अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी संस्थाहरू इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स्, ह्युमन राइट्स् वाच र एम्नेस्टी इन्टरनेसनलले संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूलाई राजीनामा दिन दबाब दिइएको र महाभियोग लगाउने धम्कीसमेत आएको उल्लेख गरेका छन्।...

थारूवान

सरकारले मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध भएको घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) पीडितसँग भएको सहमति अनुमोदन गर्दै सम्झौतामा उल्लेख भए बमोजिम मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।...

थारूवान

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद बैठकले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत समता कर फिर्ता लिने निर्णय भएको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले...

थारूवान