देश

सरकारमा गरिबी होइन, गरिबलाई नै हटाउने मानसिकता देखियो : गगन थापा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले सरकारका सकारात्मक कामको स्वागत गर्ने र कमजोरीप्रति खबरदारी गर्ने दायित्व रहेको बताएका छन् । नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति थापाले सरकारले ल्याएको बजेटमा अर्थतन्त्रका संरचनागत सुधारका लागि केही सकारात्मक नीतिगत व्यवस्था समेटिएको बताएका छन्...

थारूवान

विपक्षी दलका सांसदहरूले आकस्मिकरुपमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिएको विषयमा प्रश्न उठाएका छन्। संसदको नियमावलीमा नै नभएको व्यवस्था देखाएर प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको उत्तरका लागि समय दिएको भन्दै विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका हुन्। प्रधानमन्त्री सदनमा उपस्थित हुनु सकारात्मक विषय भएपनि प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै आक्रोश व्यक्त...

थारूवान

प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका खोला किनारामा बसेका सुकुमबासीहरूलाई हटाउनुको कारण स्पष्ट पारेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले जोखिममा रहेका सुकुमबासीको उद्दार गरिएको बताए। उनले भने, ‘सुकुमबासीको विषयमा धेरै कुरा आएको छ। काठमाडौं उपत्यकाको खोला किनारामा जुन एकदम जोखिम अवस्थामा बस्नु भाको थियो।...

थारूवान

प्रधानमन्त्री बालेन शाहले नेपालमा गठन भएका सबै आयोगको प्रतिवेदन अध्ययन गरेर सरकारले सार्वजनिक गर्ने बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहले नेपाल सरकारलाई बुझाइएका सबै आयोगका प्रतिवेदन एकमुष्ट अध्ययन गरेर काम कारबाही अगाडि बढाउने जानकारी गराएका हुन्। सांसद अर्जुन नरसिंह केसीको प्रश्नको जवाफ दिँदै उनले जेन्जी आन्दोलनसहित सबै...

थारूवान

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्व उर्जामन्त्री कुलमान घिसिङले सरकारले ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयको विरोध गरेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै मासिक ५० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने ग्राहकलाई भ्याट लगाउने घोषणा गरेपछि...

थारूवान

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या भएपछि शनिबारदेखि प्रचण्ड ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्। नेकपाका नेता रामप्रसाद सापकोटा (दीपशिखा)का अनुसार निमोनिया भएकाले उनको उपचार चलिरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। डाक्टरका अनुसार भोलिसम्म हस्पिटलमै बसेर प्रचण्ड डिस्चार्ज...

थारूवान

सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हाल खाईपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भई ग्रेडसहित न्यूनतम पारिश्रमिक रु ४० हजारदेखि एक लाखमाथि कायम हुनेगरी तलब वृद्धि गरेको बताए। उनले भने, ‘कर्मचारीले हाल...

थारूवान

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कूल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट...

थारूवान

नेपाल सरकारले राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्न सरकारी अनुदान दिने योजना बनाएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८३/ ८४ को वार्षिक आयव्यय प्रस्तुत गर्दै स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न सो बारेमा राजनीतिक बहस गराइने उल्लेख गरे। उनले राष्ट्रिय...

थारूवान

सरकारले सामाजिक सुरक्षा भत्ता त्याग्नेलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले तन्दरुस्त व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता त्याग्दा प्रोत्साहन गरिने र यसलाई व्यापक बनाइने जानकारी दिए। त्यस्तै सरकारले मूल्य अभिवृद्धिकर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउने भएको छ। शुक्रबार आर्थिक वर्ष २०८३/८४ को...

थारूवान
1 5 6 7 8 9 89