थारू समाचार
जलवायु नीतिले र सीमान्तकृत समुदायका समस्यालाई विशेष रूपमा सम्बोधन गर्छ : मन्त्री चौधरी
वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय जलवायु परिवर्तन नीति, २०८२’ लाई व्यावहारिक, वैज्ञानिक र कार्यान्वयनयोग्य बनाइने प्रतिबद्धता व्यक्त गरेकी छन् । वन तथा वातावरण मन्त्रालयद्वारा विहीबार आयोजित ‘राष्ट्रिय जलवायु परिवर्तन नीति तर्जुमासम्बन्धी कार्यशाला गोष्ठी‘ लाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु नीतिलाई केवल दस्ताबेजमा मात्र सीमित नराख्ने स्पष्ट पारिन् ।...
थारूवानरामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर बुधबार दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र नौ वर्षीय विकास चौधरी रहेका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए । खोला किनारमा खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको...
थारूवानसार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमणको विषय यतिबेला देशभर बहसको केन्द्रमा छ। स्थानीय तहहरूले सरकारी, सार्वजनिक तथा ऐलानी जमिन खाली गराउने अभियान तीव्र बनाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरीको घरसमेत ऐलानी जग्गामा रहेको खुलेको छ। बाँकेको कोहलपुर नगरपालिका– २...
थारूवानथारू कल्याणकारिणी सभा (थाकस)ले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ। सभाले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले लामो समयदेखि विभिन्न स्थानमा जोतभोग गर्दै बसेका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरा डोजर लगाएर भत्काउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विज्ञप्तिमा नेपालमा भूमिहीन...
थारूवानझुम्की प्रोडक्सन्सले थारू गीत ‘जिन्गी के डगर’ सार्वजनिक गरेको छ। अरुण आर्यन चौधरीको प्रस्तुतिमा तयार भएको म्युजिक भिडियो सेबिल इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण गरिएको छ। भिडियो नेपालका विभिन्न पर्यटकीय तथा सांस्कृतिक स्थलमा छायाङ्कन गरिएको छ। लाहान, पोखरा, मुस्ताङ र जोमसोमका दृश्य भिडियोमा समेटिएका छन्। गीतमा गायक विवेक चौधरी र गायिका...
थारूवानअमेरिकी थारुहरुको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले सन् २०२६ सत्रका लागि छात्रवृत्ति पाएका विद्यार्थीहरूसँग विस्तृत विवरण माग गरेको छ। छात्रवृत्ति वापतको रकम हस्तान्तरणका लागि टीएफएले विद्यार्थीको बैंक खातासहित व्यक्तिगत विवरण माग गरेको हो। टीएफएका अध्यक्ष सुरेन्द्र चौधरीले रकम हस्तान्तरण गर्नुपर्ने भएकाले विद्यार्थीहरूको बैंक खातालगायतका विवरणहरू माग गरिएको बताए।...
थारूवानकृषि तथा पशुपन्छी विकास एवं वन तथा वातावरणमन्त्री गीता चौधरीले बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षणलाई प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता जनाएकी छन्। निकुञ्ज स्थापनाको ५०औँ वर्ष (स्वर्ण जयन्ती) का अवसरमा यहाँ आयोजित विशेष समारोहमा मन्त्री चौधरीले निकुञ्ज र वन्यजन्तुको संरक्षणलाई आधुनिकीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन्। उनले परम्परागत शैलीबाट माथि उठाएर...
थारूवानजिल्लाका आठ वटै स्थानीय तहले सुकुम्बासीहरूको उचित व्यवस्थापन नभएसम्म उनीहरू बसोबास गरिरहेको स्थानबाट नहटाउन सरकारसँग आग्रह गरेका छन्। बुधबार बसेको आठ वटै पालिकाका प्रमुखहरूको संयुक्त बैठकले डिभिजन वन कार्यालय बर्दियाले वैशाख १४ गते जारी गरेको अतिक्रमित वन क्षेत्र खाली गर्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैठकले उचित व्यवस्थापन...
थारूवानध्रुव बीसी क्षेत्री/नयाँ पत्रिकाबाट साभार गोरख बक्स गण अछाम पुगेकी बर्दियाकी आशिका थारू आफ्नो श्रीमानलाई सैनिक पोसाकमा देखेर दंग थिइन् । शुक्रबार श्रीमान् आयुष थारूको दीक्षान्त समारोहमा आएकी उनी श्रीमान् सफल भएको देखेर खुसी बनेकी हुन् । त्यसाे त छोराको उल्लेखनीय सफलताले परिवारको आधारभूत आवश्यकता परिपूर्ति हुने भएपछि आयुषका...
थारूवानगृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश